आहा! रारा गोल्डकप: आज चर्च ब्वाइज युनाइटेड र जावलाखेल भिड्दै
पाेखरा | फागुन ३, २०८२
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।
उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
चर्च ब्वाइज क्लब भने आहा राराको यो सिजनमा सिधै क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबर र थन्डरबोल्ट भारत सोमबार भिड्नेछन् ।
अन्तिम क्वाटरफाइनलमा आभा क्लब उज्वेकिस्तान र फ्रेन्डस् क्लबले मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक सहारा क्लब नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको विजेता टोलीलाई १४ लाख १ हजार रुपैयाँ र उपविजेतालाई ७ लाख १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

